कारको ठक्करबाट युवकको मृत्यु

0
206

मोरङ / मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा हिजो साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १५ च २०६३ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको ना ४० प १९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार झापा, मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने ३० वर्षीय राजु कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङ, रुपाकोट–मझुवागढी नगरपालिका– ८ बस्ने ३० वर्षीय चन्द्रबहादुर गुरुङ गम्भीर घाइते भएकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । ठक्कर दिने कारलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here