फेरि पट्रोलियम पदार्थको भाउ बढ्यो

0
193

दमक,२ असोज/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल तथा मट्टीतेलमा रु ३–३ का दरले मूल्यवृद्धि गरेको हो ।

मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ । यसअघि गत भदौ २० मा निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो । भारतीय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेकाले नेपालमा पनि बढेको निगमको भनाई छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here