आज विश्वकर्मा पूजा मनाईँदै

0
540

आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि आज विश्वकर्मा पूजा मनाइँदै छ । नेपालमा प्रत्येक वर्षको असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ । समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास छ । नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले आज आफूलाई पायक पर्दौ नदी, खोला, जलाशय र मन्दिरमा गई सवारी साधनको पूजा गर्ने गरिन्छ । यसैगरी ठूला ठूला मेसिन, स्टेसन, कलकारखाना, कम्प्यूटर तथा धारिला हतियारहरु समेत फूलमाला र अविरले पूजा गर्ने गरिन्छ ।
प्राचीन कालका चारदिशाका रक्षक देवतामध्ये विश्वकर्मा द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रूपमा समेत मानिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मान्ने गरिन्छ । यही सम्झनामा नेपालमा पनि भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गर्ने चलन छ ।
विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि साइतको रुपमा आजको दिनलाई असल मानिन्छ । नेपालमा आजै देखि शरद् ऋतु प्रारम्भ भएको मानिन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here