दुर्घटनामा मृत्यु

0
156

सुनसरी, ३१ भाद्र/ इनरुवामा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको को२८प २८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकनजिकै रहेको रुखमा ठोकिएको थियो ।
मोटरसाइल दुर्घटनामा परी सुनसरीको रामधुनी नगरपालिका–१ का २१ वर्षीय राजन चौधरीको मृत्यु भएको हो। चौधरीको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ठेगाना खुल्न नसकेका सागर परियारको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here