गाडिएको शव दुई दिनपछि निकालेर पोस्टमार्टम

0
214

भदौ ३१, खोटाङ/ खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ खमारेमा गाडिएको शव दुई दिनपछि उत्खनन गरिएको छ। अस्वाभाविक मृत्यु भएको जानकारी आएपछि ४५ वर्षीय भीमबहादुर राईको शव प्रहरीले दुई दिनपछि उत्खनन गरेको हो।

भदौ २८ गते कालगतिले मृत्यु भएको भन्दै सोही दिन राईहरुको संस्कारअनुसार सतगद गरिएको राईको शव विष सेवनबाट मृत्यु भएको जानकारी आएपछि पोष्टमार्टमका लागि उत्खनन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए।

शनिबार साँझ निकालिएको शव पोष्टमार्टमका लागि ट्रयाक्टरमा हालेर जिल्ला अस्पताल खोटाङ ल्याइएको छ। दाजुभाइले कालगतिले मृत्यु भएको बताए पनि छिमेकीले विष सेवनबाट राईको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेको प्रहरीको भनाइ छ। घट्नास्थलमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here