सहकारीहरु प्रतिष्पर्धामा जान सक्नुपर्छ ःसांसद राई

0
236

२१ भाद्र, दमक/ प्रदेश नम्बर एकका सांसद अर्जुनकुमार राईले सहकारीले मुलुकको आधा हिस्सा अर्थतन्त्र धानेको बताएका छन् । उनले सहकारीहरु योजनागत रुपमा प्रतिश्पर्धामा जान नसके सहकारीहरु आफै टाठ पल्टिने बताए ।
दमकस्थित गोल्डेन गेट बचत तथा ऋण सहकारीको पाँचौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेता राईले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद राईले गोल्डेन गट सहकारीको उज्वल भविश्यको कामना ब्यक्त गरेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष गजेन्द्र निरौलाले १ करोड ९० लाख २५ हजार बराबरको शेयर पूँजीे र ६ करोड ७ लाख ९८ हजार बराबरको निक्षेप बचत रहेको प्रतिवेदन प्रश्तुत गरेका छन् ।
संस्थाका उपाध्यक्ष रेवतचन्द्र भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उत्कृष्ठ कर्मचारीहरु, बाल बचतकर्ता, उत्कृष्ठ ऋणी, उत्कृष्ठ बचत तथा कारोबारीहरुसहित दुइ दर्जनबढीलाई सम्मान गरिएको संस्थाका सदस्य राजु खड्काले जानकारी दिए ।

संस्थाले पत्रकारिता क्षेत्रबाट सहयोग पुर्याउनेमध्येबाट एक पत्रकारलाई सम्मानको शुरुवात गरेको छ । जस अन्तरगत यो पटकको उत्कृष्ठ पत्रकारिता सम्मान पुरस्कार प्रदेश आवाज तथा बैकल्पिक बहसका सम्पादक विमल लामिछानेलाई प्रदान गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here