‘कथा काठमाण्डौं’मा ‘लष्ट, लभ र लाइभ’

0
319

दमक, २३, भदौ/  चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा कथा काठमाण्डौं चलचित्रको प्रचारप्रसार लाई तिब्रता दिएको छ । शनिवार दमकमा पत्रकार सम्मेलन गरेर चलचित्रबारे प्रष्ट्याउँदै निर्देशक संगीता श्रेष्ठले चलचित्र असोज १२ गतेबाट अल नेपाल रिलिज हुने जानकारी दिइन् ।
सुरज विक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई चित्रण गरिएको बताइएको छ । गीतले फिल्मको मूल कथालाई प्रस्ट्याएको निर्देशक संगीता श्रेष्ठले बताइन् । ‘रातको कुरा‘’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीले अभिनय गरेका छन् । ‘कथा काठमाण्डौ’ को कथा निर्देशक संगीताले नै लेखेकी हुन् ।
विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डौं’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको संगिताले बताइन् । यो फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका छ । अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् ।
‘कथा काठमाण्डौं’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको श्रेष्ठले बताइन् । ‘लष्ट, लभ र लाइभ’लाई उठान गरेको चलचित्रमा काठमाडौंमा हुने विभिन्न तीन फरक कथालाई दर्शकमाझ देखाउन खोजेको उनको भनाई छ ।
जसमा रातको कथा पनि एउटा हो ।

काठमाडौंमा हुने यौन व्यवसायलाई कथा काठाडमौंको एउटा कथाको रुपमा लिएको छ । उनले भनिन् ‘यही काठमाडौंमा संघर्ष गर्नेहरुको कथा त भइहाल्यो, त्यो भन्दा पनि गाउँ घरदेखि देश–विदेशमा बस्नेहरुको आफन्तहरु पनि काठमाडौंमा बस्ने भएको हुँदा उनीहरु पनि यस कथामा प्रत्यक्ष अप्रत्यक्ष जोडिन्छन् ।’ तेस्रो गीत चलचित्रको शीर्ष गीत हो । जुन गीतमा हास्य कलाकार तथा वरिष्ठ अभिनेता हरिवंश आचार्यको श्वर रहेको छ ।

दमक स्थित पाथीभरा चलचित्र हलका प्रबन्धक तथा चलचित्र पूर्वाञ्चल वितरक चैतन्य बरालले पत्रकार सम्मेलनको संयोजन गर्दै नयाँ विधामा आधारित चलचित्र भएकाले यो चलचित्रले दर्शकको मन जित्न सफल हुने अपेक्षा गरिएको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here