लायन्सले फुटबल प्रतियोगिता गर्ने

0
304

दमक,२० भदौ /  दमकमा लायन्स प्रथम फूटसल प्रतियोगीता हुने भएको छ । लायन्स क्लब अफ दमक ईष्टर्न लायनले लायन्स क्लबहरुवीच फुटसल प्रतियोगिता गराउने भएको हो ।
बुधबार इष्र्टन लाइनले पत्रकार सम्मेलन गरि प्रतियोगीताका बारे जानकारी गराएको हो । आगामी शुक्रबार हुने सो प्रतियोगितामा झापा र मोरङका विभिन्न ८ वटा लायन्स क्लबहरुको सहभागिता रहने इष्र्टन लाइनका अध्यक्ष बिमल शर्माले जानकारी दिए । उनका अनुसार लायन्स क्लवहरुवीच भाईचारा र सद्भाव बृद्धि गर्न प्रतियोगिताको आयोजना गरिएको हो ।

दमक –९ मा स्थित फुटसलको खेल मैदानमा हुने सो प्रतियोगिताका विजेताले नगद ५० हजार,उपविजेताले २५ हजार,ट्रफि प्राप्त गर्ने प्रतियोगिताका संयोजक उज्जवल श्रेष्ठले बताए । प्रतियोगीतामा दमकका आयोजक इष्र्टन लाइनसहित विगवुद्ध, यूनाईटेड, स्वीटसिटी, कमल गाउँपालिकाको लखनपुर लायन्स र मोरङको उर्लाबारी, मिक्लाजुङ्ग र पथरी लायन्स क्लबहरुको सहभागीता रहने छ ।

प्रतियोगितामा कुल २ लाख ५५ हजार अनुमानित लागत रहेको र त्यसबाट बचत रहने रकम दमकमा ल्याउन लागिएको शववाहनका लागि खर्च गरिने आयोजकले जनाएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here