‘डाँफे सहकारीको साधारण सभा’

0
516

दमक,२० भदौं / डाँफेले आप्mनो साधारण सभा सम्पन्न गरेको छ । सभालाई सम्वोधनमा राष्ट्रिय सहकारी संघका केन्द्रीय उपाध्यक्ष मिनराज कँडेलले समाज रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
दमक–५ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाको ११ औ बार्षिक साधारणसभाको बुधबार उद्धघाटन गर्दे उपाध्यक्ष कँडेलले मुलुकका हरेक क्षेत्रमा रहेका नागरिकहरुलाई समेटेर स्थापित सहकारी क्षेत्रले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान गरिरहेको जोड दिए ।
सहकारी क्षेत्रको परिवर्तित ऐनलाई अवलम्बन गर्दै यसको मूल्य र मान्यता अनुसार सहकारीहरु चल्न आवश्यक रहेको उनको भनाई रहेको थियो । सहकारीहरुले अब संख्यात्मक भन्दा समान उद्देश्य र प्रकृति मिल्ने सहकारीहरुबीच एकिकरण हुदै प्रभाबकारी रुपमा गुणात्मक प्रतिफल दिन अवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले सहकारीहरुले आर्थिक उर्पाजन संगै आफना शेयर सदस्यहरुलाई समाज रुपान्तरणकालागि आवश्यक जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औल्याए ।
यसैगरि कार्यक्रममा बचत तथा ऋण सहकारी संघ झापाका केन्द्रीय सदस्य घनश्याम अधिकारी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, राष्ट्रिय सहकारी कर्मचारी संघका केन्द्रीय सचिव खोमप्रसाद बगाले, जिल्ला सहकारी संघ झापा लेखा समिति सदस्य चुडामणी ओझा ,दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा संस्थाले हिमशिखर टेलिभिजनमा कार्यरत सञ्चारकर्मी नगेन्द्रमणी न्यौपानेलाई नगदसहित सम्मान समेत गरेको छ । यसैगरि एकजना जेष्ठ शेयर सदस्य, उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणको कारोवार गर्ने तथा उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै कर्मचारीलाई समेत प्रोत्साहन स्वरुप सम्मान गरिएको संस्थाका अध्यक्ष तुलाराम न्यौपानले जानकारी दिए ।

त्यस्तै,संस्थाको अध्यक्ष न्यौपानेले सञ्चालक समितिको प्रतिवेदन र लेखा संयोजक हेमचन्द्र खनालले प्रस्तुत गरेको लेखा प्रतिवेदन वन्द सत्रले सुझाव सहित पारित गरिएको छ । ३ करोड ३८ लाख ३८ हजार ७ सय २० रुपैया शेयर पूंजी रहेको सो सहकारीले जिल्लाको गौरादह,धरमपुरमा सेवा केन्द्र सञ्चालन गरेको छ भने बुद्धशान्ति र दमकको आमचौकमा मोवाइल सेवा सञ्चालनमा ल्याएको व्यवस्थापक सुदिप खतिवडाले वताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here