प्रेम कथा र कमेडीले भरिएको ‘रामकहानी’

0
367

दमक ,२० भदौं / प्रेम कथामा आधारित कमेडी स्टाइलको चलचित्र रामकहानी हेर्न धेरै दर्शक आतर छन् ।
भदौ २२ गतेदेखि चलचित्र ‘रामकहानी’देशैभरिका हलहरुमा प्रदर्शनमा आउने भएको छ । सफल चलचित्र निर्देशक सुदर्शन थापाले निर्देशन गरेको सो चलचित्र यहि शुक्रवारदेखि दर्शकमाँझ आउन लागेको हो । चलचित्रको वितरणको जिम्मा माता पाथीभराले पाएको छ ।
माता पाथीभरा प्रालिका सञ्चालक तथा चलचित्र पूर्वाञ्चल वितरक चैतन्य बरालले बुधबार दमकमा पत्रकार भेटघाट कार्यक्रम गर्दै रामकहानीले नयाँ पन दिनसक्ने भएको र दर्शकको मन जित्नेमा आफुहरु आशाबादी रहेको बताए ।
निर्देशक थापा नेपाली चलचित्रलाई बुझेको निर्देशक भएकाले यो चलचित्र चल्नेमा आफुहरु विश्वस्त रहेको उनको भनाई थियो ।
निर्देशक थापाले यस अघि निर्देशन गरेका सबै चलचित्र सफल भएकोले पनि यो चलचित्र सफल बन्ने बितरक बरालले दाबी गरे ।
पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका निर्देशक थापाले फोन मार्फत संबाद गर्दै चलचित्रलाई आफ्नो टिमले एकदमै मेहनत गरेकाले सफल बन्नेमा फिल्मी यूनिट विश्वस्त रहेको बताए । उनले भने,–‘ चलचित्र प्रेममय मात्र होइन्, उत्तिकै मनोरञ्जन समेत दिने छ ।’ उनले चलचित्रलाई हेरेर आफुलाई प्रतिकृया दिन पनि आग्रह गरे ।
चलचित्रमा पूर्जा शर्मासंगको जोडीमा आकाश श्रेष्ठ रहेका छन् भने चर्चित हाँस्यकलाकार केदार घिमिरे (माग्नेबुढा), जितु नेपाल(मुन्द्रे), विल्सन विक्रम राई ( तोक्मे बुढा), रविन्द्र झा, राजाराम पौडेललगायतको प्रमुख भूमिका रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here