दमकमा आन्तरिक राजश्व कार्यालय उद्घाटन

0
473

दमक,१८ भदौ / अर्थमन्त्री डाक्टर युवराज खतिवडाले झापाको दमकस्थित आन्तरिक राजश्व कार्यालयको उद्घाटन गरेका छन् ।
करदाता सेवा कार्यालयबाट चालु आर्थिक बर्षदेखि स्तरोन्नति भएको सो कार्यालयको सोमबार कार्यक्रमका बीच उनले उद्घाटन गरेका हुन् ।
त्यस कार्यालयले झापाको कन्काई पश्चिमी क्षेत्रका शिवसताक्षी, गौरादह , दमक नगरपालिका तथा कमल र गौरीगञ्जका करदाताहरुलाई सेवा पुर्याउँदै आएको छ ।

कार्यक्रममा अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना, आन्तरिक राजश्व बिभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली लगायत सहभागी थिए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले काठमाडौ बाहिर एकै जिल्लामा दुई आन्तरिक राजश्व कार्यालय झापामा मात्र रहेको जानकारी दिनुभयो ।

सो क्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्का लगायतका वक्ताले व्यवसायिक क्षेत्रमा रहेका समस्या समाधान गर्न अर्थमन्त्रीलाई आग्रह गरेका थिए । यस्तै दमक उद्योग वाणिज्य संघका अध्यक्ष ढकालले अर्थमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएका थिए। आन्तरिक राजश्व कार्यालय दमकमा सञ्चालनमा आएसँगै कर सम्बन्धिका सवै सेवा दमकबाटनै उपलव्ध हुने कार्यालय प्रमुख तिलक थापाले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here