मैत्रीपूर्ण फूटसलमा पत्रकार मञ्च विजयी

0
298

दमक,१४ भदौ / दमक नगरपालिकाका जनप्रतिनिधि र पत्रकारमञ्च वीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकार मञ्च दमक बिजयी भएको छ ।
जेसीज सप्ताह अन्र्तगत दमक जेसीजले फुटसल प्रतियोगिताको आयोजना गरेको हो । खेल दमक– ८ स्थित फुटसल हलमा सम्पन्न भएको हो ।

सो प्रतियोगितामा पत्रकार मञ्च दमकले जनप्रतिनिधिहरुलाई १ का बिरुद्ध ९गोलको फराकिलो गोल अन्तरले पराजित गरेको हो । खेलमा बिजेता टिमको तर्फबाट उत्तम रिजालले ४ गोल गरे भने सुदिप अधिकारी ,गोबिन्द ल्वागुन ,जीवन चुडाल,मनकुमार गदाल, डिकेश लामाले १/१गोल गरेका थिए ।

पराजित टिमको तर्फबाट १मात्र गोल भिम चौलागाइले गरेका थिए । बिजेता टिमलाई जेसीज सप्ताह समापनको अवसरमा पुरस्कार बितरण गरिने दमक जेसीजका अध्यक्ष चन्द्र्र खत्रीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here