राँके बजारमा आगलागि, करोड बढीको क्षति

0
298

राँके / इलामको देउमाई नगरपालिका– १, राँके बजारमा आइतबार बेलुका आगलागी हुदा एक करोढ बढीको क्षति भएको छ । आगलागिबाट ठालुमान श्रेष्ठ र उहाको भाइ काइला श्रेष्ठ लगायतको घर जलेर नष्ट भएको राके प्रहरी चौकिले जनाएको छ ।

आगलागिका कारण श्रेष्ठ दाजुभाईको घर, लक्ता कपडा, भाडाकुडा, जिन्सि सामान जलेर एक करोड माथीको क्ष्यति भएको चौकीका प्रमुख लिला ढकालले जानकारी दिनुभयो । उहाका अनुसार आगलागिका कारण सो घरमा रहेको कपडा पसल पनि जल्नुका साथै बिक्रीमा राखिएको ग्यास सिलिण्डर पड्किएको र आगो अनियन्त्रित हुदा क्षती धेरै भएको हो ।

फिदिम नगरपालिकाको दमकल, स्थानीय बासी, सुरक्षा कर्मी लगायतको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि आगोलागीले कति क्षति भयो भन्ने एकिन लेखाजोखा हुन सकेको छैन । आगो नियन्त्रणको लागि आसपासका केही घर समेत भत्काइएको जनाइएको छ ।

मानबिय क्षती हुन नपाएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणको लागि इलामबाट हिडेको नगरपालिकाको दमकल भने आधाबाटोमा नै बिग्रीएर थन्किएको थियो भने मानविय असर नभएको राके प्रहरी चौकि प्रमुख ढकालले जनाए। इलामको राकेमै २ बर्ष अघि आगलागी हुँदा  ७ घर जलेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here