दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिमा ११ जना

0
743

दमक,१५ भदौ / यहाँस्थित दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्यहरु सर्वसम्मत चयन गरिएको छ । नयाँ नेतृत्वमा दलहरुवीच सहमती जुटेपछि विधानत सञ्चालक समितिका ११ जना सदस्यहरु सर्वसम्मत चयन गरिएको छ । यस अघिनै निर्वाचनको मिति तोकिए पनि सहमतीको समय नपुगेको भन्दै दलहरुले निर्वाचिन समिति समक्ष मिति सार्न निवेदन दिएका थिए । दलहरुको माग बमोजिम निर्वाचन कार्यकतालिका हेरफेर समेत गरिएको थियो ।
क्याम्पस सवैको साझा संस्था भएकोले मतदान गरेर पक्ष विपक्ष हुनु भन्दा सहमतीमै नेतृत्व चयन गरेको कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए ।

दलहरु वीच विहिबार भएको सहमती अनुसार कांग्रेसबाट शुरेश सुब्बा, रोशन विष्ट, नेकपाबाट अम्बिका खनाल, नेत्र प्रसाद घिमिरे, बेधनिधि गौतम ‘बेदु’, महेस घिमिरे, राप्रपाबाट राम थापा, बासुदेव भट्टराई, जनमुक्ति पार्टीबाट मोहन धिमाल, संघीय समाजवादी फोरमबाट धिरेन लाओती र प्रविण चाम्लिङ सदस्यमा पठाउने सहमति भएको जनाईएको छ । यो समितिमा नगर प्रमुख, क्याम्पस प्रमुख, क्याम्पसको स्ववियु सभापति र क्याम्पसका निर्वतमान अध्यक्ष पदेन सदस्यमा थपिने छ भने पदेन सदस्यहरुसहितको १५ जनाको समितिको पहिलो बैठकले क्याम्पसका अध्यक्ष, उपाध्यक्ष चयन गर्नुका साथै अन्य ६ जना सदस्य मनोनित गर्ने छ । यसैवीच , क्याम्पसको अध्यक्षमा पुनः देवीप्रसाद दाहाल, पूर्व अध्यक्ष शुरेस सुब्बा र नेकपाका नेता अम्बिका खनालले आफूलाई दावेदार प्रस्तुत गरिआएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here