जन्मदिन मनाउँदै टुप्पी बाका करेसामा बृक्षरोपण

0
385

दमक,१० भदौ/ दमक उद्योग वाणिज्य संघका सदस्य तथा युवा ब्यवसायी दमक ५ निवासी राजु खड्काले आप्mनो छोरा एरोन्जङ्ग खड्काको छैटौ जन्मोत्सव चेप्रासीको विरुवा रोपेर मनाएका छन् ।
आइतवार दमक २ चन्द्र सूर्य टोलका जीवलाल प्याकुरेल (टुप्पी बा) का करेसामा शित्तलताको प्रतिक विरुवा रोपेर सो परिवारलाई खाद्यान्न तथा कपडा वितरण गरि जन्मोत्सव मनाएका हुन् ।
५२ वर्षीय प्याकुरेलका परिवारलाई (चिनी, भुजा, चिउरा, विष्कुट, साबुन, कपडा) तथा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गर्दै ब्यवसायी राजु खड्काले भने– विभिन्न तडक भडक र फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा निम्न स्तरका परिवारका बच्चालाई सहयोग गरेर जन्मदिन मनाउने संस्कारको विकास गर्नुपर्छ ।
सामग्री वितरण तथा जन्मदिनको शुभकामना कार्यक्रममा प्रतिफल सहकारी कर्मी राजु अधिकारी, गोरखा गहना गृहका डाइरेक्टर तथा लायन्स हेमसागर अधिकारी, हिमाल रेमिट्यान्स पूर्वाञ्चल डाइरेक्टर रुपेश थापा, ब्यवसायी विपुल गुरागाईं लगायतले जन्मदिनको शुभकामना दिएका थिए ।

को हुन् टुप्पी बा
२०२७ सालमा सिक्किम भारतबाट इलाम प्रवेश गरि ०६९ सालमा झापाको दमक २ मा बसोवास गर्दै आएका जीवलाल प्याकुरेल पछिल्लो समय टुप्पी बाको नामले चर्चित छन् । पुरानो मान्यता र परम्परालाई मानेर टुप्पी पाल्दै आएका उनीको ३ फुट ४ इन्च लामो टुप्पी रहेको छ । पहिले चुडिँदै गएको र टुप्पी काट्दा रोग लागेको र धामी झाँक्रीलगाउनुका साथै बाह्रमणलाई बेद पढाएपछि टुप्पी रहेको उनको भनाइ छ ।
ब्यवसायका क्रममा एक महिना अघि प्रतिफल सहकारीमा आएकाबेला ब्यवसायी राजु खड्का र राजु अधिारीले देखेर टुप्पीको फोटो र भिडियो यूट्युवमा हालेपछि चर्चमा आएका प्याकुरेल हाल टुप्पी बा नामले भाइरल भएका छन् ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here