बालकसहित तीनको मृत्यु

0
246

दमक,७ भदौ / झापा, मोरङ र ईलाममा बुधबार छुट्टाछुट्टै घटनामा परेर एक बालकसहित तीन जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङमा करेन्ट लागेर एक जना र झापा र इलामका दुई अलग स्थानका खोलामा डुबेर २ जनाको मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका–६ फकेटिभस्थित गेउरिया खोलामा डुबेर सोही स्थान बस्ने सेख नुरजमालको छोरा अन्दाजी वर्ष ३ का सेख रिजवानको मृत्यु भएको हो । सेख रिजवाललाई बुधबार दिउँसो ४ बजे स्थानीयले घर नजिकै खोलामा डुबेर मृत अवस्थामा भेटेका थिए ।
यसैगरी ईलामको माङसेबुङ गाउँपालिका–१ स्थित देउमाई खोलाले बगाई ल्याएको अवस्थामा ईलाम जिल्ला माङसेबुङ गाउँपालिका–१ बस्ने वर्ष ५५ को विचारे वराईलीको शव भेटिएको छ । बुधबार साँझ ५ः३० बजे देउमाई खोलाको दोभानमा वराईलीको शव डुबेको अवस्थामा भेटिएपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट गजुरमुखीमा खबर गरेका थिए ।

यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–१ मा पानी तान्ने मोटरबाट करेन्ट लागेर बुधबार सुनवर्षी नगरपालिका–१ बस्ने बस्ने वर्ष ३४ को सन्तोष अधिकारीको मृत्यु भएको छ । अधिकारीलाई बुधबार साँझ ७ बजे आफ्नै घरमा चापाकल चलाउने क्रममा मोटरबाट अचानक करेन्ट लागेको थियो । गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि कोशी अञ्चल अस्पताल लगिएकोमा अस्पताल र्पुयाउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here