पशुपति बहुउद्देश्यीय सहकारीको कारोवार ११ करोड बढी

0
438

दमक,८ भदौ/  दमकको पशुपति बहुउद्देश्यीय सहकारी संस्थाले आज शुक्रवार आफनो १५ औं बार्षिक साधारणसभामार्फत संस्थाको कारोवार सार्वजनिक गरेको छ ।
दमक–६ स्थित पशुपति मन्दिरमा २०७३ सालदेखि नयाँ व्यवस्थापनकासाथ शुरु गरिएको सो सहकारीले गएको वर्ष कुल ११ करोड ६२ लाख २४ हजार १ सय ८१ रुपैयाको कारोवार गरेको छ । संस्थाले निकालेका बार्षिक प्रतिवेदनमा संस्थाको शेयर पूंजी १ करोड ९५ लाख २६ हजार २ सय पुगेको उल्लेख छ । चालु वर्षमा त्यसलाई वृद्धि गरि ५ करोड शेयर पूंजी पुर्याँउने लक्ष्य रहेको संस्थाका सल्लाहकार प्रेमकुमार पाण्डेले बताए ।
त्यस्तै, संस्थाले गएको वर्ष ९ करोड ४१ लाख ६१ हजार ९ सय २१ रुपैया निक्षेप, रु ८ करोड ६८ लाख ५७ हजार ऋण लगानी,कुल आम्दानी १ करोड ७५लाख ४६ हजार ३ सय ६६,कुल खर्च १ करोड ५५ लाख ५६ हजार ३५ रुपैया गरेको उल्लेख छ । संस्थाले गएको वर्षमा नै आफना शेयर सदस्यहरुलाई लक्षित गरेर सहकारी पसल सञ्चालनमा ल्याएको छ । संस्थामा ४३७ महिला र ७६२ पुरुष शेयर सदस्य रहेका छन् ।
दमकस्थित कस्मिक पार्टी प्यालेसमा आफनो साधारणसभामा हिसाव सार्वजनिक गरेको हो ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष खगेन्द्रबहादुर पाण्डेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, वन्दसत्रमा लेखा संयोजक रुद्रप्रसाद सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । वन्द सत्रले प्रस्तुत दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।
त्यस अवसरमा संस्थाले गएको वर्षभरि उत्कृष्ठ कारोवार गर्ने एक दर्जन बढी शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको थियो ।
संस्थाका सञ्चालक समितिका सदस्य गोविन्द भट्टराईले स्वागत मन्तव्य राखेको सो साधारणसभाको उद्घाटनमा पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, होटल व्यवसायी संघका क्षेत्रीय अध्यक्ष राजन दंगाल, जिल्ला सहकारी संघका लेखा समिति सदस्य चुडामणि ओझा, क्षेत्रीय सहकारी समन्वय समितिका संयोजक प्रेम कोइराला, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख तिलक थापा, जिल्ला सहकारी संघका अध्यक्ष ढकालले सहकारीको सफलताको शुभकामना राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here