मध्य दिनमा वर्षाले प्रधानमन्त्रीको बाटो छेकेपछि, सुरक्षालाई समस्या

0
214

२०७५, ६ भाद्र, गौरादह / प्रधानमन्त्री केपी शर्मा ओलीको तय भइसकेको कार्यक्रम विहानैदेखिको वर्षाले बाटो छेकिदिएको छ । बाटो हिलो भएपछि स्वास्थ्यमा समस्या आएको भन्दै प्रधानमन्त्रीको सम्वोधन कार्यक्रम स्थगित गरियो । कार्यक्रम स्थल स्थगित गरेर बाटामा स्वागत गर्दा सुरक्षा प्रहरीलाई समस्या परेको हो ।
वर्षाको पानीले बाटो हिलो भएपछि झापाको कमल गाउँपालिका वडा नं. ७ लखनपुरमा रहेको प्रदेश स्तरीय आयुर्वेद चिकित्सालयको भवनको शिलन्यास गर्न नसकेका हुन् । बुधबार प्रधानमन्त्री ओलीले ५० शैयाको चिकित्सालयको सुविधा सम्पन्न भवनको शिलन्यास गर्न तामझामका साथ भब्य तयारी भएको थियो ।

ओली आउने भनेर झरीको प्रवाह नगरी स्थानीयहरु आयुर्बेद चिकित्सालय निर्माण स्थलमा भेला भएका थिए । करिब ७ सय मिटर सडकमा दूइदिन अघि माटो र ग्रोभल बिछ्याइपनि हिलो भएको थियो । गाडी जान सक्ने अवस्था रहेपनि हिलोका कारण समस्या आउन सक्ने भन्दै उक्त स्थलमा जाने कार्यक्रम रोकिएको हो ।

प्रधानमन्त्रीले २ बजेतिर सडकमा नै उभिएर स्थानीयलाई भेटे । तर केहि पनि बोलेनन् । उनले सम्बोधन पनि गरेनन् । आयोजकले शिलन्यास भएको बताए । चिकित्सालय स्थलमा भने रिर्माेटबाट इलोक्ट्रोनिक रुपमा शिलालेख सहितको उद्घाटनको ब्यवस्था मिलाइएको थियो ।

आर्थिक बर्ष २०६७÷०६८ मा ३ हजार स्थानीयको हस्ताक्षर गरेर यहाँ आयुर्वेद अस्पताल बनाउन माग गरेका थिए । २ बर्ष अघिदेखि मासिक रुपमा आर्युबेदिक स्वास्थ्य शिबिर हुदै आएको यहाँ २२ महिनाभित्रमा सुविधा सम्पन्न भवन बन्ने जनाईएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका अनुसार १७ करोड २९ लाख लागतमा चिकित्सालयको भवन बन्न लागेको हो । भवन ७५ मीटर लम्बाई र ४५ मीटर चौडाईको अढाई तले निर्माण हुने स्टिमेट छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here