‘नाई नभन्नु ल ५’ भाइरल बन्दै

0
490

दमक, ५ भाद्र / चलचित्रका अनुभवी निर्देशक भनेर चिनिने विकासराज आचार्यले निर्देशन गरेको चलचित्र ‘नाई नभन्नु ल ५’ को ट्रेलर यूट्युवमा लोकप्रिय मात्र होइन भाइरल बनेको छ । रिलिज भएको केहिदिनमै ट्रेलर नेपालमा नम्बर १ ट्रेन्डिङमा पुगेको छ ।
यस वर्षको प्रतिक्षित चलचित्रको रुपमा रहेको ‘नाई नभन्नु ल ५’ लाई दर्शकहरुले व्यग्रतासाथ प्रतिक्षा गरिरहेको ट्रेलरमा आएको रेस्पोन्सबाट देखिन्छ ।
नाई नभन्नु ल ५ मा बाल कलाकार अनुभव रेग्मी र बाल कलाकार सेड्रिना शर्माले भूमिका निर्वाह गरेका छन् । फिल्ममा स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपालको जोडी पनि छ । साथै प्रियंका कार्की, केकी अधिकारी, रुनिता सिंह, दिलिप रायमाझीले भूमिका निर्वाह गरेका छन् ।

पारिवारिक विषयवस्तु संगालिएको लभ स्टोरी रहेको फिल्म भदौ ८ गते देशभर रिलिज हुँदैछ । यो फिल्मको धेरैजसो भाग नेपालको पूर्व इलाम र झापाका पर्यटकीय सिनहरुमा सुटिङ गरिएको छ ।

पूर्वमा सुटिङ भएको र अधिक चर्चा कमाएको फिल्म भएकाले चल्ने कुरामा कुनै दविधा नरहेको दमकस्थित पाथिभरा चलचित्र हलका प्रवन्धक तथा पूर्वाञ्चल वितरक चैतन्य बरालले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here