विद्यालयको खानेपानी ट्यांकीमा विष

0
308

दमक साउन २९ / विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी परेपछि दर्जनबढी विद्यार्थी विरामी परेका छन् । उत्तरी मोरङको लेटाङ नगरपालिका ९ जाँतेको एक विद्यालयमा विषाक्त पानी खाँदा १६ विद्यार्थी विरामी परेका छन् । जसमा चारजना विद्यार्थीको अस्वस्था गम्भीर रहेको छ ।
लेटाङको श्रीमाविमा विषादी मिसिएको ट्यांकीको पानी खाँदा गम्भीर बिरामी भएका चार जनाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाका अनुसार बिद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात ब्याक्तिले बिष मिसाएको पाइएको छ ।
आज बिहान १० बजे बिद्यालय आएका विद्यार्थीले धाराको पानी पिएलगत्तै वान्ता गरेपछि उनीहरुलाई उपचारको लागि उर्लावारीस्थित मंगलवारे प्राथमिक केन्द्र ल्याईएको थियो ।
बिरामी विद्यार्थीमध्ये सृष्टि निरौला, खुश्बु मिश्र, कमला लिम्बु र मनिस थापाले लगातार वान्ता गरेपछि चारैजनालाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिनुभयो ।
अरु विद्यार्थीको स्वास्थ्य स्थिति सामान्य रहेको छ । प्रहरीका अनुसार विद्यालयको पानी टंयाकीमा साइपर मेथिन नामको विषदी हालेको पाइएको छ । यो सामान्य प्रकारको विषादी रहेको प्रहरीको भनाइ छ ।
पानीमा विषादी कसले हालेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here