झापामा बन्दको प्रभाव सामान्य, विप्लवका पाँच कार्यकर्ता पक्राउ

0
358

साउन २९,झापा/ झपामा बन्दको प्रभाव सामान्य परेको छ । मानविय क्षति हुने घटना नभएपनि बन्दकर्ताले विभिन्न स्थानमा बम विष्फोट गराएका छन् । झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय र बिर्तामोड स्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय नजिक आज बम विष्फोट भएको छ ।

बन्दले झापामा आंशिक प्रभाव परेको छ । लामो दूरीका सवारीसाधन नचले पनि छोटो दूरीका सवारीसाधन सञ्चालनमा रहेका छन् । भने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पार्टीका मेची ब्युरो सदस्य साथै अखिल (क्रान्तिकारी)का मेची ब्युरो संयोजक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका २६ वर्षीय राजु दास, इलाम जिल्ला इञ्चार्ज, देउमाई नगरपालिका, सिद्धिथुम्काका २५ वर्षीय जीतमान राई, ताप्लेजुङ सिदिङवा गाउँपालिका–४ साब्लाखुका २५ वर्षीय असल पन्धाक लिम्बु, झापा कचनकवल गाउँपालिका, पथरियाका ४३ वर्षीय देवी खड्का र इलामका ४८ वर्षीय प्रेम चापागाई रहेको झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेकाले शान्ति सुरक्षालाई मध्यनजर गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बस्नेतको भनाइ छ । प्रहरीले उनीहरुको साथबाट चन्दा रसिद र पर्चा, दस्तावेज समेत बरामद गरेको जनाइएको छ ।
प्रहरीले दास र लिम्बुलाई दमकबाट, खडकालाई कचनकवलबाट राई र चापागाईलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here