अब लुकी फोटो पत्रकार पनि जेल

0
191

काठमाडौं, २९ साउन / भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्काे व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ ।

मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्वीर खिच्न नपाइने व्यवस्था गरिएको छ । अनुमतिविना कुनै व्यक्तिको तस्वीर खिच्न र निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्काे तस्वीर बनाउन र प्रकाशन गर्न निषेध गरिएको छ ।
कानुनमा अनुमतिविना तस्वीर खिचेमा एक वर्ष कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ ।

अनुमतिविना एक व्यक्तिको तस्वीर अर्काे व्यक्तिको भागमा जोडेर अर्काे तस्वीर बनाउने वा प्रकाशन गरेमा दुई वर्ष कैद वा २० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ ।
कुनै सार्वजनिक स्थानको तस्वीर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्वीर खिचिए कुनै कसुर नलाग्ने उल्लेख गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here