पूर्वमै आकर्षक ‘फनपार्क’ बनाउने तयारी

0
524

दमक,२३ साउन/ पछिल्लो समय मनोरञ्जन र पर्यटनका स्थलहरु निर्माण गर्ने प्रतिष्पर्धाजस्तै भएको छ प्रदेश नं एक । झापाको दमकमा सुविधासम्पन्नसहित आर्कषक फनपार्क बन्ने भएको छ । दमकमा मनोरञ्जनस्थलको अभाव भईरहेको वेला दमक–२ स्थित भाङवारीमा स्थानीय युवा व्यवसायीहरुले करोडौको लागतमा फन पार्क वनाउन लागेका हुन् ।
जिल्लाको सुरुङा,विर्तामोड आसपासका क्षेत्रमा धमाधम यस्ता मनोरञ्जनस्थल बनिदै गएको तथा त्यसमा आन्तरिक पर्यटन,प्रवद्र्धनले सफलता पाईएको वेला दमक चौकदेखि तीन किलोमिटर उत्तरस्थित भाङवारीमा आर्कषक फन पार्क बन्न लागेको हो । फनपार्कको सम्पूर्ण नक्साङकन इन्जिनीयर अनुज पराजुलीले तयार गरेका छन् ।
फन पार्कको नाम ‘हाम्रो दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रालि ’राखेका छन् । फन पार्कको आज वैद्धिक विधि अनुसार शिलान्यास गरिएको छ । फन र्पाकमा दमक उद्योग बाज्यि संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईसहित आठ जनाको साझेदारी लगानी रहेको छ ।
उनीसंगै पाथीभरा होटलका सञ्चालकद्धय राजन दंगाल, पुष्प खनाल, योगराज दंगाल,किशोर खनाल,विप्लप दंगाल,टोविन्द्र केसी र गोपाल बस्नेत रहेका छन् । ती मध्ये तीन जना जग्गाधनी छन् भने अन्य सवै दमकका प्रतिष्ठीत व्यवसायीहरु संलग्न छन् । कम्पन्नीका अध्यक्ष प्रसाईका अनुसार करिव ७ विगाहा क्षेत्रफलमा अन्तराष्ट्रियस्तरको फनपार्क बन्ने छ ।
शिलान्यास गरिएको नौ महिनामा फन पार्क सञ्चालनमा आउने अध्यक्ष प्रसाईले जानकारी दिए । फन पार्क सम्पन्न गर्न करिव १० करोड लागत लाग्ने जनाईएको छ ।
कम्पन्नीले जानकारी दिए अनुसार सो फनपार्कमा बालबच्चादेखि युवा,ज्येष्ठहरुका लागि आवश्यक पूर्वाधारहरु बनिने छन् । त्यहाँ बोटिङ,स्वीमिङ पुल,पार्टी प्यालेस,आधुनिक बारसहित बालवच्चाहरुका लागि सुविधासम्पन्न चिल्ड्रेन पार्क लगायतका संरचनाहरु तयार हुने अध्यक्ष प्रसाईले बताए । उनले पूर्वकै आर्कषक मनोरञ्जनस्थलका रुपमा दमकको यस फनपार्क हुने दावी गरे । ‘ यस फनपार्क पूर्वकै एक गन्तव्य स्थल बन्ने छ’ फनपार्कको बारे जोड दिदै अध्यक्ष प्रसाईले भने,–‘ निर्माणाधीन यस फनपार्क हरेक दृष्ट्रिले उपयुक्त छ ।’ उनका अनुसार दमक–वेलडाँगी जाने सडकको भाङवारी स्थित सडकमा जोडिएको त्यस फनपार्कको प्रारिम्भक चरणमा घेरावेरालगायतका पूर्वाधारहरु बनिने छन् ।
शिलान्यास गरिएको नौ महिनामा फन पार्क सञ्चालनमा आउने अध्यक्ष प्रसाईले जानकारी दिए । फन पार्क सम्पन्न गर्न करिव १० करोड लागत लाग्ने जनाईएको छ ।
दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका सञ्चालक राजन दंगालले नेपाल र भारतससहित तेश्रो देशसम्म आन्तरिक ,वाह्य पर्यटन,प्रवद्र्धन गर्ने हेतुले अन्तराष्ट्रियस्तरकै सुविधायुक्त फनपार्क बनाउन लागिएको बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here