बन्दी बनाइएकालाई सेविकाको फेन र म्याट

0
267

दमक, २२ साउन/ दमकस्थित लायन्स क्लव अफ दमक सेविकाले दमक स्थित इलाका प्रहरी कार्यालयमा रहेको बन्दी गृहलाई आवश्यक फेन तथा म्याट वितरण गरेको छ । मंगलवार इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिपकराज गिरीलाई सेविकाकी अध्यक्ष रेगिना भट्टराईको नेतृत्वमा रहेको सेविका टिमले सो सामान हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममलाई रिजन चियरपर्सन प्रहर क्षेत्री, लायन्स क्लव अफ दमक बेलसीटीका अध्यक्ष लायन्स प्रकाश प्रसाईंले समाजसेवी संस्था र ब्याक्तिहरुकालागि हौसलापूर्ण कार्यक्रम रहको विचार ब्यक्त गर्दै सेविकाको टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रथम उपाध्यक्ष रिता थापा, दितीय उपाध्यक्ष लीला ढुंगेल, तृतीय उपाध्यक्ष ज्ञानु बुढाथोकी, लगायत लायन्स सेविकाहरु मन्दिरा पौडेल, सरिता पौडेल, भूमिका कोइराला, लक्ष्मी सुब्बा, हेमकला न्यौपाने, रिता श्रेष्ठ लगायतको उपश्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष रेगिना भट्टराईले सेवात्मक भावना लिएर लायन्स क्लव अफ दमक सेविकाले विभिन्न काम गर्दै आएको बताइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here