शक्तिशाली भूकम्पमा परि ८२ को मृत्यु

0
552

इन्डोनेसिया, २१ साउन (एपी)/  इन्डोनेसियाको लोकप्रिय पय{टकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ ।

यही क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक दज{नभन्दा बढीको मृत्यु भएको थियो ।

स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट बालीको डेनपसारसम्मका भवनहरुका साथै डिपाट{मेन्ट स्टोर र विमानस्थलको टमि{नलमा क्षति पुगेको छ ।

बालीमा मानिसहरु घरबाट चिच्याउँदै बाहिर निस्केका थिए । लोम्बोकमा सेना र अन्य उद्धारकता{हरुले घाइतेहरुलाई स्ट्रेचरमा राखेर सुरक्षित स्थलमा पु–याएका थिए ।

राष्ट्रिय विपद एजेन्सीका प्रवक्ता सुटोपो पुवा{ेले मृत्यु हुनेको संख्या ८२ पुगेको र अन्य सयौं व्यक्ति घाइते भएको जानकारी दिए ।
हजारौं घरमा क्षति पुगेको छ र अधिकांश मानिसको मृत्यु भत्किएका घरले पुरिएर भएको हो, उनले भने । लोम्बोक जिल्लाको उत्तरमा सबैभन्दा बढी ६५ जनाको मृत्यु भएको छ ।

अमेरिकी जियोलोजिकल सभ{ेका अनुसार ७.० म्याग्नीच्यूडको उक्त भूकम्प आइतबार साँझ गएको र भूकम्पको केन्द्र उत्तरी लोम्बोक रहेको छ । भूकम्प जमिनको सतहबाट करिब १०.५ किलोमिटर मुनि रहेको थियो ।

“भूकम्पको ठूलो धक्का आउँदा म टिभी हेरिरहेको थिएँ,” लोम्बोक निवासी हारिएनले बताए । “बत्ती हल्लिरहेको थियो र मानिसहरु भागौं भागौं भन्दै कराइरहेका थिए । म पनि घरबाट बाहिर निस्किएँ, बाहिर अँध्यारो थियो किनभने विद्युत काटिएको थियो ।”

इन्डोनेसियाका मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको खतरा नरहेको जनाएको छ ।

त्रसित मानिसहरु रातारात अग्ला सुरक्षित स्थानहरुमा पुगेका थिए । बाली र लोम्बोकको विमानस्थल पूव{वत रुपमै आइतबार रातिदेखि सञ्चालनमा रहेका छन् ।
भूकम्प आएको आधा घण्टा विमानस्थलहरुमा पनि विद्युत कटौती भएका कारण अन्यौल छाएको थियो ।

प्रशान्त क्षेत्रीय बेसिनमा अवस्थित इन्डोनेसिया ज्वालामुखी र फल्ट लाइनका कारण भूकम्पको उच्च जोखिममा रहेको छ । डिसेम्बर २००४ मा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९.१ म्याग्नीच्यूडको भूकम्पले शक्तिशाली सुनामी आएको थियो । जसका कारण एक दज{न तटीय मुलुकका २३०,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here