मोहन ढकाल भन्छन्ः अरुको तुलनामा अब्बल भएर काम गर्छौ

0
362

दमक,२२ साउन/ दमकमा क्रियाशिल रोटरी क्लव अफ दमकले नयाँ नेतृत्वलाई बुधवार साँझ पद हस्तान्तरण गर्ने भएको छ । पद हस्तान्तरण गर्नु अघि दमक पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन ढकालले नयाँ उर्जाकासाथ काम गर्ने र अरु क्लवको तुलनामा अब्बल भएर देखाउने विचार ब्यक्त गरे ।
उनले शान्ति, शिक्षा, स्वास्थ्य, आर्थिक विकास, बाल सहयोग जस्ता विषयमा क्लवले काम गर्दै आएको जानकारी दिँदै भने हामी नितान्त सेवाको भावना र उद्धेश्यमा छौं ।
क्लवले विगतमापनि विभिन्न विद्यालय, असहाय, रोगी, समाजका हरेक पाटोमा सेवात्मक भावनाले सहयोग स्वरुप काम गर्दै आएको नि अ सन्दिप चापागाईले जानकारी दिए ।
नव गठित समितिमा अध्यक्ष मोहन ढकाल, निर्वाचित अध्यक्ष सन्दिप चापागाईं, प्रथम उपाध्यक्ष भरत चौलागाई, उपाध्यक्ष पशुपति बराल, पदम बराल, सचिव सागर श्रेष्ठ, सह सचिव झलराज गौतम (राजु), कोषाध्यक्ष सञ्जु पराजुली, सहकोषाध्यक्ष एकता ढकाल रहेका छन् । यसैगरि समितिमा पाँच जना डाइरेक्टर रहेका छन् ।

जसमा विक्रम शाह, भिम चौलागाई, केशव अग्रवाल, देवकी भट्टराई, नविन अग्रवाल रहेका छन् । समितिले सर्जिन्ट एण्ड आम्समा मञ्जिता आचार्य र भूपेश कोइरालालाई चयन गरेको छ । यो समितिले बुधवार साँझ ६ वजे पदभार ग्रहण गर्ने भएको हो । दमकमा २०११ अक्टोवरमा रोटरी क्लव अफ दमक स्थापना भएको थियो । हाल ७० जना सदस्य रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here