बसाँई आउनेलाई एकलाख, ब्यवसाय गर्नेलाई पाँचलाख

0
276

साउन २१, २०७५ तेह्रथुम / संघीय संरचनासँगै बनेका स्थानीय सरकारले नयाँ पन दिन विशेष कार्यक्रम ल्याउने गरेको छ । कतै गाईभैसी सुत्केरी हुँदा भत्ताको ब्यवस्था भएको छ भने कतै छोरी पाउने महिलालई पुरस्कारको ।
त्यस्तै युवा बैदेशिक रोजगारमा गएपछि गाउँमा खेताला पाउन छोडेका समाचार आएकै हुन् । पछिल्लो समय तेह्रथुमको छ थर गाउँपालिकाले भने बसाइँ सरेर आउने नागरिकलाई एक लाख रुपैयाँ दिने नीति लिएको छ ।


गाउँपालिकाले उनीहरूलाई व्यावसायिक काम गरेमा पाँच लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको समेत एक कर्मचारीले बताए । नेपालमा पहिलोपटक यो गाउँपालिकामा बसाइँ सराइ गरी आउने नागरिकलाई व्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएको अधिकारीहरूले जनाएका छन् ।
आगामी पाँच वर्षभित्रमा गाउँपालिकाको जनसंख्या २५ हजारभन्दा माथि पुर्याउने लक्ष्यका साथ यस्तो कार्यक्रम ल्याइएको बताइएको छ । गाउँपालिका बाहिरबाट बसाइँ सरी आउने नागरिकले व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले एक लाख इनाम र पाँच लाख व्यवासायिक अनुदान दिने भएको प्रमुख सन्तवीर लिम्बुले प्रदेश आवाजलाई बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here