साउदीमा जेल परेका प्रेम घर आइपुग्दा परिवारमा खुशी

0
305

साउन २०, २०७५ काठमाण्डौं / २८ महिनादेखी साउदी अरबमा जेल जिबन बिताएर माई नगरपालिका–४ का प्रेमबहादु राई (राजु) नेपाल आइपुगेका छन । जेट एयरवेज मार्फत साउदी अरबबाट दिल्ली हुँदै ४ः१५ बजे प्रेम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । काठमाण्डौ आइपुग्ने वितिकै प्रेमले रिहाइमा सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका छन ।

२०१६ मार्च ३१ तारिकका दिन उनले चलाएको लहरीमा रहेको केबल तार हराएपछि क्षतिपुर्ती बापत कम्पनीले तोकेको ३ लाख १० हजार साउदी रियल बुझाउन नसक्दा जेलमा कष्टकर जिवन विताउन बाध्य भएका थिए ।

तर रियाद स्थित नेपाली राजदुतावासको समन्वय र प्रेमको रिहाइको लागी रियाद स्थित सहयोगीहरुको सक्रियतामा विगो रकम साउदी रियाल अनुसार १ लाख ५० हजार (४३ लाख ३ हजार ५ सय ) कायम गर्दै भुक्तान गरी उनलाई स्वदेश फर्काइएको हो ।

प्रेमलाई स्वागत गर्न बाबु नोखबहादुर आमा धनलक्षी श्रीमती सरिता र छोराछोरी रिसब र रासिका राई सहित प्रेम बचाउँ अभियान मुल समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here