कालोपत्रे गरेको ३ दिनमा भत्किएपछि ठेकदारमाथि नै प्रश्न

0
312

१७ साउन, पथरी/ कालोपत्रे गरेको ३ दिनमा भत्किएपछि उपभोक्ताले ठेकदारमाथि नै प्रश्न उठाएका छन् ।
मोरङको पथरी शनिश्चरे १ शिखरचौकदेखि हनुमान चौक सम्म २ सय ४० मिटरको कालोपत्रे सडक बनेको ३ दिनमै उप्किएको हो ।
नगरको ४८ घनमिटर काम ठेक्का मार्फत हिवा निर्माण सेवाका प्रोपाईटर खुम बहादुर थापाले लिएका थिए । पथरीबजार बाट बहुमुखी र शिखर चौकबाट हनुमान चौकमा बिग्रिएको बाटो बनाउन भनेर ९ लाख २४ हजार ३ सय २० खर्च बिनियोजन भएको नगरपालिकाले जनाएको छ ।
स्थानीयलाई थाहै नदिई हतार हतार कालोपत्रे गरेको २ दिन बित्न नपाउदै सडकमा गिट्टी उप्किएपछि स्थानीय आक्रोसित भएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here