पैनीमा डुबेर मृत्यु

0
188

साउन १७,२०७५ / मेचीनगर नगरपालिका–७ मा पैनीमा जमेको पानीमा डुबेर बुधवार एक वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सतिघट्टा निवासी सञ्जु दर्जीको एक वर्षकी छोरी नेत्रकुमारी दर्जीको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार दिउँसो घरपछाडि खेल्ने क्रममा पैनीमा जमेको डुबेर बालिकाको मृत्यु भएको हो । स्थानीय छिमेकीले बालिका डुबेको अवस्था फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here