दुईवटै मिर्गाैला फेल भएपछि …

0
199

साउन १९, २०७५, रोङ इलाम / दुईवटै मिर्गाैला काम नलाग्ने भएपछि रोङ गाउँपालिका–४ की ५५ वर्षीया शान्तिमाया तामाङ जीवनमरणको दोसाँधमा छटपटाइरहेकी छन्।

इलाम, झापा र भारतको सिलीगुढीका अस्पतालमा पटक–पटक उपचार गर्दा पैसा सकियो तर ठिक भएन। हाल उनी ललितपुरको ग्वार्काेस्थित किस्ट अस्पतालमा डायलोसिस गराइरहेकी छिन् । दुई छोरा र एक छोरीकी आमा शान्तिमायालाई अझै धेरै वर्ष बाँच्ने इच्छा भएकाले उपचार खर्चको अपेक्षा गरेकी छिन् ।

‘खर्च अभावमा छटपटाउनु परेको छ,’ उनले भनिन,‘ गरिबले पनि त बाँच्न पाइन्छ होला नि!’ न्यून आर्थिक अवस्थाका कारण अस्पतालमा उचार गराउन कठिन भएको उनका श्रीमान् हेमलाल तामाङले जानकारी दिए। ‘धेरैतिर पुर्‍याउँदा लाखौँ रुपैयाँ खर्च भइसक्यो, जायजेथा बेच्दा पनि खर्च पुर्‍याउन कठिन भयो,’ उनले भने ।

शान्तिमायाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकहरूले सनराइज बैंकमा रहेको खाता नम्बर–०७००४६५८०४२०५००१–(हेमलाल तामाङ) मा रकम जम्मा गर्न सक्नेछन्। मोबाइल नम्बर ९७४२६७८४८२ र ९८१६९९१४६५ मा उनको परिवारसँग सम्पर्क गर्न सकिनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here