दमकमा डिएसपि श्यामकुमार सुब्बा आउने

0
821

साउन १७, दमक/ दमकको प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागबाट डिएसपि श्यामकुमार सुब्बा आउने भएका छन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपि) दिपक गिरीको सरुवा भएसँगै सुब्बा आउने भएका हुन् ।
गत वर्षको साउनमा दमक आएका गिरीको एक बर्ष पछि दमकबाट सरुवा भएको हो ।
गिरीको जिल्ला प्रहरी कार्यालय काभ्रेमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले भर्खरै ४८ जना प्रहरी उपरिक्षक(एसपि) र ९५ जना प्रहरी नायव उपरिक्षक(डिएसपि)को सरुवा गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here