११ मुद्धा छिनोफानो,१४ निवेदन

0
510

चुलाचुली / दक्षिणी इलामको चुलाचुली गाउँपालिकाको न्यायिक समितिले ११ ओटा मुद्दाको छिनोफानो गरेको छ ।
एक वर्षको अवधिमा गाउँपालिकाको न्यायिक समितिले ११ ओटा मुद्दाको छिनोफानो गरेको गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक निर्मला दाहालले बताइन् । ०७४ भदौ १७ मा गठन भएको तीन सदस्य न्यायिक समितिमा १४ मुद्दाका निवेदन दर्ता भएकामा ११ मुद्दा मेलमिलापको माध्यमबाट मिलाइएको दाहालले उल्लेख गरिन् । बाँकी मुद्दा कोही वडामै मिलेको, कोही ढिसमिस भएको, अदालतमा दर्ता भएको तथा केही मुद्दा मिलाउने प्रक्रियामा रहेका छन् ।
न्यायिक समितिमा सबै भन्दा कम लेनदेनको एउटा, सबै भन्दा बढी घरायसी (घरेलु हिंसा) का ६ ओटा मुद्दा परेका थिए । सिमाना विवाद ४ ओटा, सम्बन्ध विच्छेद एउटा र कुटपिटका २ सहितका १४ मुद्दाको उजुरी आएको थियो ।
वडातहमै मुद्दा मेलमिलाप गराउने र त्यहाँ किनारा लाग्न नसकेकालाई साताको २ दिन न्यायिक समितिले हेर्ने गरिएको छ । समितिमा गाउँपालिका उपप्रमुख संयोजक तथा वडासदस्यद योगराज दाहाल र सीता लावती सदस्य छन् ।

न्याय सम्पादन थप व्यवस्थित गर्न अधिवक्ता विक्रम बस्नेतलाई कानुनी सल्लाहकारका रूपमा नियुक्त गरिएको छ । मेलमिलापको माध्यमबाट मुद्दाहरू किनारा लगाउने सिद्धान्तलाई प्राथमिकता दिँदै प्रत्येक वडामा मेलमिलाप केन्द्र खडा गर्नु पर्ने प्रावधान भए तापनि भौगोलिक बनावटलगायतका कारणले वडा केन्द्र खडा गर्न नसकिएको बताइएको छ । यद्यपि मुद्दाहरू वडा कार्याल हुँदै आउने गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here