दमकको बानेश्वर हाइटले पृथक परिचय दिने

0
546

दमक,१२ साउन / दमकको पुरानो बस्ती, मुख्य चोकबाट नजिकै रहेपनि ‘बत्तीको फेदमा अँध्यारो’ भने झै पारिएको दमक वडा नम्बर ५ स्थित सृष्टि टोल बानेश्वर हाइटका बासिनदाले अब दमकमात्र नभएर छिमेकी जिल्ला सम्मलाई पृथक परिचय दिने भएका छन् ।

शनिवार विकाश संस्थाले आयोजना गरेको सामाजिक अगुवा कार्यकर्ता तथा टोलमा क्रियासिल बिभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष इन्द्र गुरुङले अब टोलबासी पृथक परिचय दिन तयार हुनुपर्छ भन्दा गडगडाहट ताली बजाए ।
वडाध्यक्ष गुरुङ्गले अब यो टोलका मान्छे बाहिर निस्किदा दमकमामात्र होइन उर्लावारीसम्मपनि पृथक परिचय दिनसकेमात्र टोलको विकासमा एकताको भाव जाने बताउँदा पिटिएको तालीले अब दमकको बानेश्वर हाइटले नयाँ हाइट लिने संकेत गरिरहेको थियो ।

टोल विकाश तथा बाटो निर्माण समितिका सचिब चैतन्य बरालले सञ्चालनको क्रममा भने–‘विहानको टन्टलापुर घाममा तपतप पसिना काडेर कार्यक्रममा धैर्य गर्न सक्नुले विकास चाहेको संकेत गरेको छ, यो टोल सफल हुन्छ ।’ कार्यक्रममा संस्थाका अध्यक्ष देवु गड्तौलाले सवैलाई बधाइ दिए । कार्यक्रममा वडा अध्यक्ष इन्द्र गुरुङ, वडा सदस्यहरु कृतिका भट्टराई, सरु परियार, दुर्गा पौडेल र सूर्य नेपाल साथै अन्य समाजिक क्षेत्रका तीन दर्जनबढीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा टोल बिकाश समितिका सल्लाहकार संयोजक धनपाल राईले टोलमा निर्माणाधिन बाटोको हिसाब सार्बजनिक गरेका छन् । जसमा १४ लाख ५१ हजार पाँचसय रुपैयाँको हिसाव समावेश गरिएको प्रदेश आवाजलाई बताए ।
कार्यक्रममा दमक नगरपालीकाका सामाजिक बिकाश साखा प्रमुख डम्बर बरालले टोल बिकाश संस्थाले सामाजिक काममा अग्रसर देखाएकोप्रति बधाइ तथा शुभकामना ब्यक्त गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here