सुजन राई ससफोमा प्रवेश

0
336

दमक/ दमक ७ निवासी सुजन राई (श्री सिदिङ्वा बोर्डिङ स्कुलका प्रिन्सिपल) संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । आइतवार दमकस्थित पत्रकार मञ्चको सभाहलमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी प्रवेशको घोषणा गरेका हुन् । राईसँगै अमर विश्वकर्मा, जीवन लावती, धनबहादुर थापा लगायत प्रवेश गरेका छन् ।
पार्टीका राजनीतिक समिति सदस्य प्रविण चाम्लिङले नवप्रवेशीलाई अविर लगाएर पार्टी प्रवेश गराउँदै भने–‘हामी सडकदेखि सदनसम्म पहिचान सहितको संघीयताको पक्षमा लडिरहेछौं ।’ कार्यक्रमका अध्यक्ष जिल्ला अध्यक्ष धिरन लावतीले पार्टी संगठन निर्माण अभियानमा लागिरहेको बताए ।

कार्यक्रम सञ्चालनको क्रममा प्रदेश समिति सचिवालय सदस्य कमन देवानले आगामी माघको अन्तिम साता संघीय समाजवादी पार्टी फोरमको प्रथम महाधिवेशन हुने जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here