गोल्डेन गेटमा बैदेसिक शिक्षा कक्षको उद्घाटन

0
265

दमक/  दमकमा स्थापित गोल्डेन गेट एजुकेशन फाउण्डेसनले बैदेशिक रोजगारमा जानेहरुको सहजताकालागि बैदेशिक शिक्षा कार्यक्रम कक्षको ‘Queensland education consultancy ’ शुरुवात गरेको छ ।

शनिवार आयोजित कार्यक्रमका विच दमक ५ मा रहेको गोल्डेन गेटको माथिल्लो तलामा कार्यालयको उद्घाटन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गोल्डेन गेटका सञ्चालक तथा नेपाली काँग्रेस दमक नगर सभापति रोसन विष्टले रिविन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।
विभिन्न कम्पनीले बैदेसिक रोजगारमा जानेलाई भाषाको समस्याका कारण बहानाबाजी गरेर धेरै रकम असुल्ने र कम कमाइहुने, कतिपयलाई विजोक बनाउने, विभिन्न झनजट दिने लगायतका समस्या देखिरहेका बेला यस्ता झन्जट ब्यहोर्नु नपरोस भन्नकालागि स्वछ भावनाका साथ बैदेशिक शिक्षा कार्यक्रम सहयोग कक्ष खोलिएको सञ्चालक सन्देश थापाले जानकारी दिए । कार्यालय खुलेको अवसरमा कसैले सात दिन भित्रै एड्मिन्सन गरे ५० प्रतिशत छुटको ब्यवस्था गरिएको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here