सूर्याेदय नगरपालिका अर्गानिक अभियानमा

0
452

 इलाम/ स्वच्छ कृषि बस्तु उत्पादन, दिगो खेती प्रणाालीको संरक्षण गर्न प्राकृतिक सन्तुलन कायम गर्न, मानव स्वास्थ्य तथा पारिस्थितीक प्रणाली बचाउन अभियानलाई अगाडी बढाइएको नगर प्रमुख रणबहादुर राईले बताए । उनले रसायनिक बिषादीको कारण माटो, पर्यायवरण, र कृषि प्रणालीका साथै मानव स्वास्थ्यमा असर पार्ने भएको कारण सूर्याेदय नगरपालिकाले कार्य अगाडी बढाएको उल्लेख गरे ।
इलामको सूर्याेदय नगरपालिकाले अर्गानिक नगरको अभियानलाई अगाडी बढाएको छ । निषेधित बिषादी मुक्त नगर निर्माण घोषणापत्र २०७५ सार्वजनिक गर्दै नगरपालिकाले अर्गानिकरण अभियानलाई अगाडी बढाएको हो ।
३ चरणमा बिषादीमुक्त नगर कार्ययोजना अगाडी बढाइएको छ । पहिलो चरणमा विद्यालयमा प्रशिक्षण, प्रतिवन्धित विषादीको बर्गिकरण,लेबलरहित बिषादी बिक्रीमा रोक लगाइने भएको छ । त्यसैगरी दोश्रो चरणमा बिषादीको बैकल्पिक उपायको बारेमा जनचेतना, बिषादी बजार एवम प्रयोगशालामा छडके जाँच एवम जैविक बिषादी उत्पादन केन्द्र निर्माण लगायतका कार्यक्रमहरु अगाडी बढाइने नगर प्रमुख राईले बताए ।

अन्तिम चरणमा बिषादी अवशेष नियन्त्रण, आवादी एवम पर्यटकिय क्षेत्रमा नो स्प्रे जोन एवम दिर्घकालिन बिषादी नियमन एवम नियन्त्रण निती बनाएर लागु गरिने भएको हो । निषेधित बिषादीमुक्त नगर घोषणा गरी विकल्प सहित ३ बर्षमा पहेलो र निलो लेबलका रसायनिक बिषादीमुक्त नगर निर्माण गरिने वडा नं ९ का अध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए ।

अभियानको सुरुवातका क्रममा फिक्कल बजारमा विभिन्न नारा लेखिएको प्लेकार्ड सहित परिक्रम गरिएको थियो । चोक बजारमा सम्वोधन गर्दै नगर उपप्रमुख दुर्गादेवी भट्टराईले बिषादीमुक्त नगर बनाउने सबैले आ–आफनो तर्फबाट सहयोग गर्न आग्रह गरिन ।

डिडिटी, क्लोरोडोन, टोक्साफेन, इथियन लगायत १५ प्रकारका विषादी नेपालमा प्रतिबन्धित गरिएको छ भने यसबाहेक पनि नेपालमा सुचिकरण विना नै कतिपय विषादीहरु नेपाली किसानहरुले प्रयोगमा ल्याईरहेका छन् । किटनासक, झारनासक, रोगनासक, मुसानासक गरि नेपालमा करिब चार सय प्रकारका विषादी सुचिकृत रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here