देउमार्इमा मृत अवस्थामा एक फेला

0
212

साउन ३, २०७५, देउमाइ / इलामको देउमाई नगरपालिका वडा नम्बर १ देउरालीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय देउमाई खोपका अन्दाजी ४४÷४५ वर्षीय मछेन्द्र राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मेची राजमार्गबाट २० मिटर नजिक खोल्सामा घोप्टो परी मृत अवस्थामा फेला परेका मछेन्द्रको शव पोष्टमार्टमका लागि इलाम अस्पतालमा ल्याईएको इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here