एम्बुलेन्सको ठक्करबाट बृद्धाको मृत्यु, चालकले पोको पारेर फालेपछि तनाव

0
407

साउन ३ दमक/ झापाको कमल गाउँपालिका चुलाचुली मोडमा विहीबार विहान सवारी दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा कमल गाउँपालिका ५ वस्ने ६५ वर्षीय देउमान राई रहेको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी दिपक गिरीले जानकारी दिए ।
पाँचथरबाट विरामी लिएर विराटनगर जाँदै गरेको मे १ च ९९२ नं.को एम्बुलेन्सले राईलाई ठक्कर दिएपछि एम्बुलेन्स पल्टिएको थियो ।
पैदलयात्रीको मृत्युपछि एम्वुलेन्स चालकले कमलमा पोको पारेर करिब ५० मिटर उत्तरको झाडीमा फालेको अवस्थामा राईको लास फेला परेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा बाटामा छाडा छोडिएको गाईसँग एम्बुलेन्स ठोक्किएपछि पैदलयात्रीलाई ठक्कर दिन पुगेको स्थानीयको भनाइ छ । लासलाई कमलमा पोगो पारेर झाडीमा फालेको चालकले स्वीकारेपछि अपरान्न ३ बजे लास फेला परेको डिएसपी गिरीले बताए । एम्वुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रण लिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here