प्रधानमन्त्रीलाई कालोझण्डा देखाउँदा को को पक्राउ परे ?

0
270

श्रावण, २०७५ पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउने पक्राउ परेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) र नयाँ शक्तिका विद्यार्थीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

गण्डकी प्रदेशको प्रदेशसभालाई सम्बोधन गर्न पोखरा आएका ओलीलाई अमरसिंह चोक र प्रदेशसभा भवन अगाडि नाराबाजीसहित विद्यार्थीले कालोझण्डा देखाएका थिए । गोविन्द केसीको मागमा सरकार जिम्मेवार नभएको उनीहरुको आरोप छ । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेविसंघ केन्द्रीय सदस्य भानु ढकाल, समित केसी, परशुराम बस्नेत, दिपक शर्मा वाग्ले, राज आचार्य, बिकास थापा, शिखर पौडेल, बिमल गौतम, रबिन्द्र भण्डारी, तिलक पौडेल, सुबास अधिकारी, प्रकाश रमण अधिकारी, पशुपति भट्टराई, गोविन्द नेपाली, विक्रम गिरी, दुर्गा लम्साल छन् ।

त्यसैगरी नयाँशक्तिका रेशम सापकोटा र नेत्र चापागाईं लगायतका विद्यार्थी पक्राउ परेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here