दमक गोल्डकपको हिसाव सार्वजनिक, विषय सानो, खर्च ठूलो भएको टिप्पणी

0
487

दमक, असार ३२ दमक / गोल्डकप आयोजक समितिले करिव दुइमहिना पछि हिसाब सार्वजनिक गरेको छ । गत बैशाखमा सम्पन्न भएको दमक गोल्ड कप २०७५ को आय व्यय सार्वजनिक गरेको हो । दमक नगर खेलकुद बिकास समितिले पत्रकार मञ्च दमकको कार्यालयमा पत्रकार सम्मेलन गरि गोल्ड कपको आय व्यय सार्वजनिक गर्दै करिव ३५ लाख आम्दानी भएपनि खातामा आम्दानी ३४ लाख भन्दा बढि भए पनि खातामा भने अहिले २१ हजार ५ सय ४५ रुँपैँया मौजदात रहेको जनाइएको छ ।
सार्वजनिक हिसावमा विभिन्न विषय तोकेर ठूलो हिस्सामा खर्च भएको र योजना भन्दा ठूलो विषयान्तर खर्च भएको भन्दै पत्रकारले स्पष्ट प्रतिवेदन सहितको हिसाव सार्वजनिक गर्न माग गरेका छन् । समितिले खेल अवधिमा ब्यवस्थापन फितलो राखेको, पार्किङका नाममा सर्वसाधारणलाई तनाव दिएको, खेलमैदान दिनानुदिन बिवादित भएकाले आगामी दिनमा सुधार्न सुझाव दिएका थिए ।
पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै नगर खेलकुद बिकास समितीका अध्यक्ष केन्द्र प्रसाईले पैसा समयमा नउठेको कारण हिसाव सार्वजनिक गर्न ढिलो भएको भन्दै प्रतिबेदन सहितको हिसाव ल्याउन नसकेको बताए । अध्यक्ष केन्द्र प्रसाईले स्थानिय सरकारले दिएको अधिकारलाई प्रयोग गर्दै नगरका खेलप्रेमी नागरिकहरुमा फरक फरक खेलकुद प्रतियोगीताको आयोजना गरि स्वच्छ नगर निर्माणमा साथ दिने बताए ।
गोल्ड कप मुल समितिका संयोजक भिमराज चम्लगाईले पत्रकार सम्मेलनमा गोल्डकपको आय व्यय सार्वजनिक गरे । उनले १ करोड १० लाख ५२ हजार ७ सय १३ जम्मा आम्दानी गरेको गोल्ड कपले ७५ लाख ५७ हजार ८ सय ४४ रुँपैयाँ खर्च भएको र ३४ लाख ७७ हजार ८ सय ६९ रुँपैँया बचत मौज्दात रहेको देखाएका छन् । उनले आम्दानी ३४ लाख भन्दा बढि भए पनि खातामा भने अहिले २१ हजार ५ सय ४५ रुँपैँया मात्र रहेको छ भनेका छन् ।
गोल्ड कप आयोजना गर्दा कवुल गरिए बरावरको रकम अझै सम्म पनि प्राप्त नभएका कारण खातामा थोरै पैसा भएको संयोजक चम्लगाईँले बताए । कबुल गरेर अहिले सम्म पनि रकम नदिनेको नामावाली समेत आयोजकले सार्वजनिक गरेको छ । यूवा तथा खेलकुद मन्त्रालयले २० लाख, एशियन थाई फुड्ले ७ लाख र दमकमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले २ लाख ११ हजार रुँपैया कबुल गरेपनि अहिले सम्म प्राप्त नभएको पत्रकार सम्मेलनमा जनाइएको छ । दमक गोल्ड कप गत बैशाख १९ गते देखी २८ गते सम्म दमक क्याम्पसको खेलमैदानमा चलेको थियो भने गोल्ड कपको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्धघाटन गरेका थिए ।

नगर प्रमुख भन्छन्ः खेलकुद स्मार्ट नभइ स्मार्ट सीटि बन्दैन

सोमवार खेलकुद समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खेलकुदलाइ स्मार्ट नबनाएसम्म स्मार्ट सीटि परिकल्पना गर्न नसकिने बताएका छन् । उनले
हरेक वर्ष बिभिन्न प्रकारका खेलकुद प्रतियोगीता भइरहने भएकाले नगरले खेलकुदको नितीनै बनाएर काम गरिरहेको स्पस्ट पारे ।उनले हरेका क्षेत्र राम्रो हुनसकेमात्र दमक राम्रो बन्न सक्ने विचार ब्यक्त गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here