नमूना गृहका बालबालिकालाई कपडा वितरण

0
524

 दमक,३० असार/ मोरङको उर्लावारी स्थित नमूना बालगृहका बालबालिकालाई कपडा वितरण गरिएको छ । काठमाण्डौंस्थित मेरिना गार्मेण्टकी सञ्चालक तथा फेसन डिजाइनर दिक्षा बस्नेतले सहयोग स्वरुप पठाइदिएका १ सय ५० थान कपडा शनिवार एक कार्यक्रमका विच वितरण गरिएको हो ।
बालगृहकी संरक्षक मिना बराललाई सहयोगी दिक्षा बस्नेतका दाजु तथा पाथ वे नेपालका अध्यक्ष सुवास बस्नेतले हस्तान्तरण गरेका हुन् ।
वितरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले सानै सहयोग भएपनि नमूना बालगृहमा सहयोग गर्ने अवसर मिलेकोमा खुशी ब्यक्त गर्दै बालबालिको उज्वल भविश्यको शुभ कामना दिए ।
संरक्षक मिना बरालले पूर्वका सहयोगी हातहरुले बालगृहलाई ठूलो टेवा पुर्याउदै आएको बताइन् । उनले बालवालिकाको शिक्षामा समस्या भएको बताउँदै भनिन्– ‘तीन जना नानीहरुले एसइइ पास गरे, अब कृषि क्याम्पस पढ्ने इच्छा राखेका छन्, यो इच्छा कसरी पूरा गर्ने होला ?’ उनले क्याम्पस अध्यायनकालागि सहयोगमा पहल गर्न मिडियाको भूमिका खोजिन् । नमूना बाल गृहमा ४६ जना रहेको बताइन् ।
कपडा वितरण कार्यक्रममा जीवनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, तेह्रथुमे होटलका प्रोपाइटर काजी राउत, दमक नगर प्रतिनिधि कृतिका भट्टराई लगायतको उपश्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here