शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु

0
273

असार, २०७५, पाल्पा / सरकारको योजना अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था स्थानीय सरकारले कार्यन्वयन गर्न थालेको छ । पाल्पाको बगनासकाली गाउँपालिकाले युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको हो ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेपछि युवा कृषकहरु कृषि र पशुपालनमा लागेका छन् । गाउँपालिकाले शैक्षिक बेरोजगारी हटाउन युवाहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।

अध्यक्ष बस्यालले पालिका भित्र रहेको शैक्षिक वेरोजगार युवा शक्तिलाई विदेश पलाएन हुन नदिनका लागि यो कार्यक्रममले टेवा पुग्ने र स्वदेसमै स्वरोजगारको अवसर मिलाउन आफूहरु लागि परेको बताए । गाउँपालिकाले युवा लक्षित युवा स्वरोजगार कषि विकास, पशु सेवा कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षको विनियोजित ७ लाख रुपैयाँबाट ऋण उपलब्ध गराइ चार जानको कृषि समूह लाई चार लाख र अन्य तीन जनालाई एक एक लाख गरी सहयोग गरेको छ ।

गाउँपालिकाले प्रमाणपत्र धितो राखेर ऋण दिएपछि व्यावसाय संचालन गर्न पाउदा आफूहरु खुसि रहेको बगनासकाली–२ की सचिना अधिकारीले बताइन् । उनले आफूले गरेको पेशामा गाउँपालिकाले उत्साह थपेको बताइन् । सचिना कै छिमेकी भगवान गैरेले पनि प्रमाणपत्र धितो राखेर ऋण लिएर लयर्स कुखुरा पालनको सुरुवात गरेका छन् । उनले आफूले मास्टर्स डिग्री पढे पनि कृषि पेशामा लागेको बताए ।

आफरुहरुसँग रहेको प्रमाणपत्र घरमा राख्नुभन्दा गाउँपालिकामा धितो राखेर पाएको ऋणबाट व्यावसाय गर्न पाउँदा कृषकहरु काममा उत्साहित बनेका छन् । गाउँपालिकाले दिएको ऋणबाट ३ महिनाभित्र काम सुरु हुनु पर्नेछ । २ वर्षसम्म व्याज तिर्नु पर्दैन र २ वर्ष भित्रको समयावधि भन्दा अघि नै रकम फिर्ता गरे ५ प्रतिशत रकम छुट हुने व्यवस्था गाउँपालिकाले गरेको कृषि शाखा प्रमुख सन्तोष जीसीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here