डा.भम्पा राईलाई १२ लाख ५० हजार सहयोग

0
444

दमक, २९ असार/ २७ वर्षदेखि शरणार्थी जीवन विताइरहेका भुटानी शरणार्थी अगुवा डाक्टर भम्पा राई र उहाँकी धर्मपत्नी राधिकाको उपचारका लागि नेपाल सरकारले रु १२ लाख ५० हजार सहयोग दिएको छ ।
शुक्रवार दमक नगरपालिकामा एक कार्यक्रमका बीच डा. राईसहित उहाँकी धर्मपत्नी राधिकाको स्वास्थ्य उपचारका लागि रु १२ लाख ५० हजार रुपैया प्रदान गरिएको हो ।
सो सहयोग प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारको तर्फबाट रु १० लाख र प्रधानमन्त्री केपी शर्मा ओलीबाट रु १ लाख , जिल्ला समन्वय समितिको तर्फबाट रु १ लाख र नगरपालिकाका तर्फबाट रु ५० हजार रुपैया हस्तान्तरण गरिएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए ।
डा. राईले दमकमा लामो सयमदेखि स्थानीय बासिन्दाहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउँदै आएका र अहिले उनी स्वम विरामी भएपछि सरकारले उनको थप उपचारमा सो सहयोग उपलव्ध गराएको हो ।

डा. राई एक महिना अघि आन्द्राको शल्यक्रिया गरि उपचारत छन् भने उनकी धर्मपत्नी राधिका दुवै मृगौला फेल भएपछि साताको दुई दिन डायलोसिस गराइरहेकि छन् । सरकारले उनको डायलोसिस गर्न धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुल्क मिलाइदिने भनेको छ । डा. राईको उपचारमा सघाउन दमकस्थित एभरेष्ट बैकले खाता खोलीदिने भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here