रामयण बाचन र रक्तदान गर्दै भानुजयन्ती मनाइयो

0
327

दमक,२९ असार/ देशभर बिबिध कार्यक्रम गर्दै भानु जयन्ती मनाइएको छ । २०५ औं भानु जयन्तीको अवसर पारेर शुक्रवार दमकमा रक्तदानसहित प्रतियोगितात्मक रामायण वाचन गरिएको थियो ।
दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाकक्षमा भएको सो कार्यक्रममा एक दर्जन बढीले रामायण वाचन गरेका थिए ।
श्रष्टाहरुले साहित्यिक रचना पाठ गरेका आयोजक संस्था साहित्यकला संगमका अध्यक्ष नगरपति पाण्डेले बताए । दुवै कार्यक्रम साहित्यकला, रक्तदाता समाज,ज्येठ नागरिक सम्मान प्रतिष्ठान, घरबहाल उपभोक्ता हकहित संघ,पताञ्जली योग समिति झापाको संयुक्त आयोजनामा भएको प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडाले प्रदेश आवाजलाई जानकारी दिए ।
दुई चरणमा आयोजित सो कार्यक्रमको विहान रक्तदान सम्पन्न भएको थियो भने दिउँँसो रामायण वाचनसहित साहित्य कार्यक्रम गरिएको थियो । रक्तदानमा १५ महिलासहित ३४ जनाले रगतदान गरेको नेपाल स्वमसेवी रक्तदाता समाज झापाका अध्यक्ष सिताराम खतिवडाले बताए । आयोजक संस्था रक्तदाता समाजका उपाध्यक्ष कमल घिमीरे रगतदान गरेर रक्तदानको शुभारम्भ गरिएको थियो ।
रक्तदानमा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा दमकको प्राविधिक सहयोगमा भएको थियो ।
कार्यक्रम प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यता तथा दमक नगर प्रमुख रोमनाथ ओली,उपप्रमुख गीता अधिकारीको विशेष आतिथ्यता रहेको थियो । रक्तदानमा दमक नगरपालिकाका प्रशासकीय अधिकृत गणेश तिम्सीना, १०३ पटक रगतदान गर्ने राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । यसैगरि दिउसो नै रामायण वाचन प्रतियोगिताको आयोजना गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here