बुहारीलाइ छोरी बनाएर अन्माएपछि…

0
324

असार २८, २०७५, / समाजले परिर्वतन चाहेको छ, परिर्वतित समाजले विकासका साथै धर्म, संस्कार, रिति रिवाजमा पनि परिर्वतन खोजेको छ ।
पुरानो संस्कार र धर्मसँग आजका मान्छे सहमत छैनन्, यसैको उदाहरण बनेको छ झापामा एउटा विवाह ।
कन्काई नगरपालिका ५ तुलसीबारीको एक परिवारले आफ्नै बुहारीलाई छोरीको रूपमा विवाह गरी अन्माएका छन्। स्थानीय पौडेल परिवारले ६ वर्ष अघि विवाह गरेर घरमा भित्र्याएकी बुहारीलाई छोरीका रूपमा बुधबार दोस्रो विवाह गरिदिएका हुन्। स्थानीय धनपति पौडेल र टिकामाया पौडेलले आफ्ना छोरा स्व. प्रकाश पौडेलसँग पहिलो विवाह गरेर ल्याएकी बुहारी झापाको साविक पथरिया गाविस (हाल कचनकवल) का हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेको आधुनिक शैलीमा दोस्रो विवाह गरिदिएका हुन्।

पौडेल परिवारले सोही ठाउँमा घर भई हाल धनकुटामा व्यापार–व्यवसाय गर्दै आएका लेखनाथ मिश्रसँग बुहारीलाई कोटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा आधुनिक शैलीमा टिका टालो लगाएर आशीर्वाद दिँदा मुक्तकण्ठले प्रशंसा गर्दै गडगडाहड ताली बजाए। बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा दोस्रो विवाह गरिदिन पाउँदा आफूलाई सन्तुष्टि मिलेको आशाका ससुरा पौडेलले बताए।

उनले भने, ुनहुनुपर्ने घट्ना भइदियो बुहारीले छोराको साथ लामो समय पाउन सकिनन्। यो उमेरमा त्यसै राख्नुभन्दा उनको भविष्यलाई हेरेर विहे गरिदिने निधो गरें,ु पौडेलले भने। बेहुला मिश्रकी पहिलो श्रीमति मुनाको करिब अढाई महिना अघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको हो।

दुवैजना सहाराविहीन भएर बस्नु भन्दा विहे गरेर दुवैको पारिवारिक जीवन सुखयम हुने आशा र विश्वासका साथ काफ्ले परिवारको समेत सहमति र समझदारीमा पुरातन संस्कार र मान्यतालाई तोड्दै आफूहरूले बुहारीको विवाह गरिदिने निधो गरेको पौडेलले बताए। बेहुली काफ्लेकी छोरी आशाकी एउटी छोरी छन् भने बेहुला मिश्रका पनि सन्तान रहेको जनाइएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here