शरणार्थी आवास निर्माणमा वन समितिको आपत्ति

0
316

दमक,असार २३/ शरणार्थी आवास निर्माणमा वन समितिको आपत्ति जनाएपछि हंसे दुम्सेमा निमार्ण कार्यमा विबाद शुरु भएको छ ।
दमकमा रहेका भूटानी शरणार्थीका लागि बलियो छाप्रा (घर) निर्माणमा गरिएका सम्झौता वेवास्ता गरेको भन्दै हंसेदुम्से सामुदायिक बनले आपत्ती जनाएको छ ।
गएको जेठ महिना २२ गते दमक नगर पालिका सहित शरणार्थी दातृ निकाय र बनबीच भएको सहमतिमा आवश्यक कागजात नक्शा, डिजायन बनलाई बुझाएर काम गर्ने सम्झौता भएको बनका कोषाध्यक्ष नारायणप्रसाद बरालले बताए ।

बरालले बनसँग समन्वय गरी बन र भूटानी शरणार्थीलाई समेत असर नपर्ने गरी छाप्रा निर्माण गर्ने र सो को डिजायन बनमा बुझाएर निर्माण कार्य गर्ने भनिएको १ महिना वितिसक्दा समेत निर्माण जिम्मा लिने विश्व लुथरन फेडेरेशनले वेवास्ता गरेकोले सरोकारवाला निकायमा पुनः पत्रचार गरी आपत्ती जनाउनु परेको बताए ।

यस विषयमा दमक नगर पालिकाका प्रमुख रोमनाथ ओलीले जिल्ला प्रशासन कार्यालयको अध्यक्षतामा समिति बनाएर काम गरिरहेको र बनसँग समन्वय गरी काम गर्ने भनी सम्झौता भएको बताए ।

इलाका बन कार्यालय बेलडाँगीका प्रमुख सहयाक बन अधिकृत पर्शुराम ठाकुरले सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर बन क्षेत्रमा घर निर्माण गर्न नपाइने बताउनु भयो । तर शरणार्थीको हकमा बन र सरोकारवाला निकायबीच केही सम्झौता गरी काम गरेको भए पनि पालना नगरेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here