दूधको कारोबार घट्यो

0
329

२४ असार २०७५,काठमाण्डौं / दूधको कारोबारमा करिब ३० प्रतिशतले कमी आएको छ । स्वास्थका लागि पोषिलो आहारा मानिने दूधमा पछिल्लो समय युुुुरिया, साबुुुुन र नुुुुन मिसाइएको हल्लाले दूधका उपभोक्ता घट्दा समग्र कारोबारमा करिब ३० प्रतिशतले कमी आएको हो ।

सरकारी स्वामित्वको दुुुुग्ध विकास संस्थान (डीडीसी) सहित निजी क्षेत्रबाट उत्पादित दूधको कारोबारमा कमी आएको हो । केन्द्रीय दुुुुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले भ्रमपूर्ण हल्लाका कारण उपभोक्ताले दूध सेवन गर्न बन्द गर्दा देशभर कारोबार घटेको जानकारी दिए । उनले नेपाली किसानले उत्पादन गरेको दूधमा अखाद्य वस्तु मिसाएको फेला नपरेको दाबी गरे ।

‘हामी पनि दैनिक दूधको गुुुुणस्तर परीक्षण गरी संकलन गर्छाै, परीक्षणका क्रममा पनि हालसम्म स्वदेशी दूधमा युुुुरिया, साबुुुुन र नुुुुन मिसाइएको फेला पारेका छैनौं’, देवकोटाले भने, ‘नियमनकारी निकाय खाद्य प्रविधि तथा गुुुुण नियन्त्रण विभागले पनि नियमित र आकस्मिक रूपमा गर्ने अनुुुुगमनको क्रममा पनि यस्ता अखाद्य तत्व दूधमा मिसावट भएको फेला परेको छैन । नभएको विषयलाई भ्रमपूर्ण सन्देश जाने गरी आएको हल्लाका कारण अहिले समग्र दुुुुग्ध क्षेत्रले ठूलो घाटा व्यहोरेको छ ।’

आधिकारिक पुुुुष्टि नगराई उपत्यकाका ठूला विद्यालयले समेत भ्रमपूर्ण हल्लाका पछि लागेर विद्यार्थीका अभिभावकलाई दूध सेवन नगराउन पत्राचार गरेका छन् । हाल देशभर दैनिक करिब ४९ लाख लिटर दूध उत्पादन हुुुुन्छ ।

यसमध्ये डीडीसीसहित निजी क्षेत्रका ठूला प्रशोधन उद्योगले(औपचारिक क्षेत्रमा) १५ प्रतिशत अर्थात सात लाख ३० हजार दूध उपभोग गर्छ । बाँकी साढे १७ लाख लिटर प्रशोधन बिना नै (किसानबाट संकलित दूध सोझै उपभोक्तालाई बिक्री) अनौपचारिक क्षेत्र स–साना पोके दूध पसल, गाउँघर, होटेल, रेस्टुुुुरालगायतमा उपभोग हुुुुन्छ । बाँकी करिब ५० प्रतिशतका दरले २४ लाख लिटर उत्पादन गर्ने किसान आफै प्रयोग गर्दै आएका छन् ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाका अनुुुुसार औपचारिक क्षेत्रमा जाने दूधको कुल कारोबारमा करिब ३० प्रतिशतले कमी आएको हो । यो क्षेत्रमार्फत दैनिक सात लाख ३० हजार लिटरको हाराहारीमा कारोबार भइरहँदा पछिल्लो समयमा आएको भ्रमपूर्ण हल्लाका कारण अहिले दैनिक करिब ६ लाख लिटर मात्रै दूधको कारोबार भइरहेको छ ।

सापकोटाले भने, ‘बाँकी सरकारी र निजी क्षेत्रका ठूला र मध्यम डेरीका गरी करिब एक लाख लिटर बिक्री हुुुुन नसकेर उद्योगमै फिर्ता आइरहेको छ । दूध फिर्ता हुुुुने क्रम दिनहुुुुँ दोहोरिएपछि उद्योगीले अहिले किसानबाट पनि दूध लिने परिमाण पनि घटाएका छन् ।’

एसोसिएसनका अनुुुुसार निजी क्षेत्रको सबैभन्दा ठूलो दूध सीताराम दूध उद्योगले पनि दैनिक १० हजार लिटर कम परिमाणमा बजारमा दूध पठाउन थालेको छ । पहिले झण्डै ३० देखि ३५ हजार लिटर दूध बिक्री गर्ने सीतारामले अहिले दैनिक २० हजार लिटरमा खुुुुम्चिनुुुुपरेको छ । डीडीसीका निमित्त महाप्रबन्धक ईश्वरीराज न्यौपानेले भ्रमपूर्ण हल्लाका कारण डीडीसीले पनि दैनिक २० हजार लिटर दूधको बजार गुुुुमाएको बताए ।

हाल देशभर दैनिक करिब ४९ लाख लिटर दूध उत्पादन हुुुुन्छ

डीडीसीले पहिले दैनिक एक लाख लिटर दूध बिक्री गर्दै आएको थियो । ‘अहिले ८० हजार लिटर मात्रै बिक्री हुन्छ’, न्यौपानेले भने, ‘हल्लाका भरमा लाग्दा उपभोक्ताले उपभोग दर घटाएपछि अहिले दैनिक रूपमा हाम्रै २० हजार लिटर दूध बजारबाट फिर्ता आइरहेको छ ।’

कम उत्पादन हुुुुने सिजनमै यो वर्ष दूधको मिल्क होलिडे सुुुुरु हुुुुँदा अहिले सात जिल्लाबाट कुल संकलन हुुुुने दूधको परिमाणमध्ये झण्डै ५० हजार लिटर दूध उठाउन बन्द गरेका छन् । यही अवस्थामा दूधमा युुुुरिया, साबुुुुन, नुुुुनलगायत अखाद्य वस्तुुुु मिसाइएको भनेर आएको भ्रमपूर्ण हल्लाका कारण दुुुुग्ध क्षेत्रलाई थप धराशायी बनाउन सहयोग गरेको डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

उनका अनुुुुसार दुुुुग्ध क्षेत्रमा सरकारी र निजीे गरी करिब १७ अर्बभन्दा बढीको लगानी छ । यो क्षेत्रमा किसान तहका चार लाख ५० हजार र उद्योग तहमा २० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

मिसावट हल्ला 

सरकारले स्वदेशी उद्योगबाट उत्पादित दूधमा युुुुरिया, नुुुुन र साबुुुुन पाइएको भनेर आइरहेको भ्रमपूर्ण हल्लाको पछि नलाग्न आग्रह गरेको छ । नियमनकारी निकाय खाद्य प्रविधि तथा गुुुुण नियन्त्रण विभागले स्वदेशमा उत्पादन भएका दूधमा हालसम्म युुुुरिया, नुुुुन र साबुुुुन कसैले पनि नियोजित रूपमा प्रयोग नगरेको र हालसम्मको गुुुुणस्तर परीक्षणको क्रममा पनि यस्ता अखाद्य पदार्थ फेला नपरेको प्रस्ट पारेको छ । विभागका प्रवक्ता पूर्णचन्द वस्तीले भने, ‘नेपाली दूधमा आजसम्म युुुुरिया, साबुुुुन र नुुुुन फेला परेको छैन । यो भ्रमपूर्ण हल्ला मात्रै हो । हल्लाको पछि लागेर दूधको उपभोग गर्न छाड्नुुुु हुुुुन्न् । दूधलाई तताएर ढुुुुक्कसँग खाँदा हुुुुन्छ ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here