गौरादहको बजेट योजनामा सडकदेखि रंगशालासम्म

0
183

गौरादह/ गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि ७९ करोड ६० लाख ९० हजार रकमको सिलिङ्ग बजेट पेश गरेका छन् ।
आइतवार सार्वजनिक नीति तथा कार्यक्रममा गत वर्षको बजेटको समिक्षा गर्दै गौरादह नगरलाई सन्तुलित ढंगले पूर्वाधार विकास लाई अगाडि बढाउँदै व्यवस्थित शहरीकरण, नागरिकलाई सार्वजनिक सेवा मा पहुँचको विकास, विस्तार र सिंहदरबार गाउँमा आएको जनतालाई प्रत्यक्ष अनुभुति गराउने कार्यक्रमहरु प्रश्तुत गरेका थिए ।
गौरादह नगरलाई योजनाबद्ध विकास को मार्गमा हिंडाई आर्थिक, सामाजिक विकास मार्फत रोजगारीको सिर्जना, सुशासनको माध्यमबाट नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको नीति तथा कार्यक्रम रहेको नगर प्रमुख शाहले योजनामा प्रश्तुत गरेका छन् ।
नगरमा रिङ रोड निर्माण कार्य शुरु गर्ने, बस पार्कको लागि जग्गा व्यवस्थापन, सडक सन्जाल विस्तार गरी पर्यटन प्रर्वद्धन, नगर भित्रका कार्यलयहरुमा इ–गभरनेन्स सेवा पुर्याउने, ३ वर्ष भित्र साक्षर नगर बनाउने, आधुनिक रंगशाला निर्माण कार्यलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आइतवार गौरादह नगरपालिकाको दोस्रो नगरसभामा बोल्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले धेरैवटा नाम र राजधानीको प्रस्ताव आईरहेको भए पनि सवैलाई मान्य र सहज हुने तवरले आगामी साउन महिनासम्म प्रदेश नम्बर १ को नाम र राजधानी टुङगो लाग्ने बतााए ।
उनले आगामी बर्षहरुमा झापा र मोरङ्गमा भईरहेको वर्षामा हुने नदिको जोखिम र समस्या पनि हट्दै जाने बताएका छन् । उनले नदी नियनत्रणको कार्य प्रदेश योजना र गाउँ पालिका, नगरपालिकाका योजनामा समावेश भएकाले जोखिम कम हुनेमा आशावादी रहन आग्रह गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here