‘कोरियामा श्रम र प्रेम पुरक बन्न सक्दैनन्’

0
395

          कान्तिपुर एजुकेशन फाउण्डेशन अब्बल भएको दावी
        कोरियन भाषा परीक्षामा १ सय २१ जना पास /

दमक,२३ असार / कोरियन भाषा परीक्षामा १ सय २१ जना पास गराउन सफल भएपछि दमकस्थित कान्तिपुर एजुकेशन फाउण्डेशन अब्बल भएको दावी गरिएको छ । फाउण्डेशनका अध्यक्ष समेत रहेका कोरियन भाषा प्रशिक्षक राम पौडेलले मेहनत गरे अनुसार धेरै विद्यार्थी पास गराउन सफल भएकोमा खुशी ब्यक्त गरे ।
झापाको दमकस्थित कान्तिपुर एजुकेशन फाउण्डेशनले इपिएस प्रणाली अन्तर्गत गएको जेठमा लिइएको कोरियन भाषा परीक्षा उत्तिर्ण विद्यार्थीहरुका लागि शनिवार प्रशिक्षणमुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भाषा परीक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुले कोरिया जानका लागि र त्यहाँ पुगेपछि पालना गर्नुपर्ने काम , कर्तव्य र उनीहरुको अधिकारका बिषयमा समेत जानकारी गराइएको थियो ।
लामो समय कोरियामा रोजगारी गरेर अनुभव संगालेका कोरियन भाषा प्रशिक्षकका रुपमा काम गर्दैै आएका राम पौडेलले रोजगारीका लागि कोरिया जान भाषा परीक्षा उत्तिर्ण मात्रै पर्याप्त नभएको र त्यसका अलावा विभिन्न चरणहरु पार गर्नुपर्ने भएकाले विद्यार्थीले अहिले नै पार्टी चलाउने बेला नआएको भन्दै सचेतना गराएका थिए ।
यसैगरी झापा मिलन समाज कोरियाका पूर्व अध्यक्ष समेत भई कोरियामा झण्डै ८ बर्ष रोजगारी तथा पत्रकारितामा अनुभव संगालेका मिनप्रकाश उप्रेतीले रोजगारीमा जाने प्रक्रिया, त्यहाँ पुगेपछि थाहा पाउनै पर्ने नियम, कानुन, व्यवहार गर्ने शैली, आफूले आर्जन गरेको रकम कसरी सञ्चित गर्ने , जस्ता बिषयमा सहभागिहरुलाई प्रशिक्षित गराइएका थिए । उनले श्रममा टिकेको देशमा मायाँ र प्रेम गौण रहने श्रम नै प्रधान रहेको अनुभव सियर गर्दै विद्यार्थीलाई हात र काँधमा ठेला उठाउन सकेमात्र जीवन प्रेमिल बन्ने उदाहरण समेत दिएका थिए । श्रम र प्रेम कसरी एक अर्काका पुरक हुन भन्ने साइरी सुनाउँदा विद्यार्थीले सपोर्ट गरेर ताली पिटेका थिए । उनले भने– ‘कोरियामा श्रम र प्रेम पुरक बन्न सक्दैनन्’ तपाइहरुको लक्ष र सम्बन्ध श्रम र ज्यालासँगमात्र हुनुपर्छ ।
फाउण्डेशनका सञ्चालक तथा शिक्षक ताराप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा यस पटकको भाषा परीक्षामा सो फाउण्डेशनमा अध्ययन गरेका कूल १ सय २१ जना विद्यार्थी उत्तिर्ण भएका जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here